दफा १३
मदिरा तथा अन्य सामानको जफत र बिक्री
(१) कुनै व्यक्तिले यस ऐन विपरीत मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गरेमा सो कार्यसँग सम्बन्धित मदिरा अन्तशुल्क अधिकारीले जफत गर्नेछ ।
(२) उपदफा (१) बमोजिम जफत गरिएको मदिरामध्ये गुणस्तरयुक्त मदिरा अन्तशुल्क अधिकारीले तोकिएबमोजिम लिलाम बिक्री गर्नु पर्नेछ ।
(३) यस ऐन विपरीत मदिराको कारोबार गर्न प्रयोग गरिएका सबै सामानहरु अन्तशुल्क अधिकारीले जफत गरी तोकिए बमोजिम लिलाम बिक्री गर्नेछ ।
तर सवारी साधनको हकमा सवारी धनीको मञ्जुरी रहेनछ भने त्यस्तो सवारी साधन जफत हुने छैन ।